Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पपुवा न्युगिनीले गुमायो एकदिवसीय मान्यता

एजेन्सी । पपुवा न्युगिनीले एकदिवसीय मान्यता गुमाएको छ। नामिबियामा भइरहेको विश्वकप क्रिकेट क्वालिफायर प्लेअफ प्रतियोगिताको अन्तिम खेलअघि नै पपुवा न्युगिनीले एकदिवसी मान्यता गुमाएको हो।

अमेरिका, युएई, क्यानडा, नामिबिया, जर्सी र पपुवा न्युगिनीबीच जारी प्रतियोगिताको शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधान छ।

यस्तै पपुवा न्युगिनी, युएई, जर्सी र क्यानडा मध्ये दुई टिमले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्ने अवस्था थियो।

आईसीसी विश्वकप लिग-२ मा शीर्ष पाँच भित्र परेका नामिबिया र अमेरिकाले भने चार वर्षका लागि एकदिवसीय मन्यता कायम गरेका थिए। जारी प्लेअफ प्रतियोगितामा सुरुवाती चार खेल गुमाएपछि पपुवा न्युगिनीको एकदिवसीय मान्यता गुमेको हो।

यसअघि विश्वपक लिग-२ खेलेको पपुवा न्युगिनीले अब एसोसिएट राष्ट्रले खेल्ने च्यालेन्ज लिग खेल्नु पर्नेछ। अब युएई, क्यानडा र जर्सी मध्ये दुई टिमले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछन्। विश्वकप छनोटका पुग्नका लागि भने अमेरिका, युएई, क्यानडा, नामिबिया र जर्सी प्रतिस्पर्धा छन्।

शीर्ष स्थानको अमेरिका र दोस्रो स्थानको युएईले चार चार खेलबाट ६-६ अंक जोडेका छन्।

तीन खेलबाट ४ अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ भने चौथो स्थानको नामिबियाले चार खेलबाट ४ अंक जोडेको छ।

दुई खेल खेल्न बाँकी रहदा जर्सीले २ अंक जोडेको छ। शीर्ष दुई टोली जुन र जुलाईमा जिम्बाब्वेमा विश्वकप छनोटमा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077