Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन ठगीको कारोबारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

धनुषा । धनुषामा अनलाइन ठगी कारोबारमा संलग्न २३ जना पक्राउ परेका छन् ।

उनीहरुलाई पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी छ । विस्तृत विवरणपछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077