Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अपांगता भएकी महिला बलात्कार गर्नेलाई जन्मकैद सजाय

दैलेख । अपांगता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवकलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले गुराँस गाउँपालिका–३ का ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैदको सजाय फैसला भएको हो ।

सो इजलासबाट जन्मकैद (२५ वर्ष), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

शारीरिक अपाङ्गता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत गत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077