Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोकौँ : रविन्द्र मिश्र

    सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोकौँ : रविन्द्र मिश्र

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 402
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको बताएका छन् ।

    मङ्गलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।



    उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए । उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे ।



    बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको वरिष्ठ उपाध्यक्ष मिश्रको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार