Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुवै खुट्टा नभएका हरि सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् ।

बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

उनका घुँडाभन्दा तलका भाग छैनन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

शारीरिक अशक्त रहेका बुढामगर कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077