Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दौडिनुपर्ने सरकार अझै अलमलमा छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’

नागरिकमा भरोसा जगाउन सरकारले काम सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्ने बताए । यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनले बताए ।

सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उनले यो रकम मात्र दिने हो भने बजार चलायमान हुने बताए ।

यसका लागि प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए । प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077