Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको छ।

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिनेछ।

बिहीबारको बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077