Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोपा डेल रे : बेन्जिमाको ह्याट्रिकमा रियल फाइनलमा

काठमाडौं । चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा रियलले उत्कृष्ट पुनरागमन गर्दै ४-० गोलको जित हात पारेको हो ।

बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे । यस्तै रियलको जितमा भिनिसियस जुनियरले एक गोल गरे ।

क्याम्प नाउमा भएको पहिलो लेगमा बार्साले १-० गोलको अग्रता लिएको थियो। तर घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो। योसँगै रियालले एल क्लासिकोमा हारको शृङ्खलामा पनि पूर्णविराम लगायो ।

पछिल्ला तीन एल क्लासिकोमा बार्सा विजयी भएको थियो । अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077