Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली क्रिकेट टिमको मेडिकल संयोजकमा डा.अभिषेकराज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा.अभिषेकराज सिंह नियुक्त भएका छन्।

डा.सिंहलाई क्रिकेट टिमको मेडिकल सम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्न एक वर्षका लागि नियुक्त गरिएको हो ।

यसअघि सिंहले गत महिना नेपालमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली टिमको मेडिकल विभाग हेरेका थिए।

यस्तै उनी नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिजमा पनि नेपाली टिमको मेडिकल विभागमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077