Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारको न्यूनतम साझा कार्यक्रमको विषय हटाइएकोप्रति सांसद झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले यसअघि जारी गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषय हटाएकोप्रति असन्तुष्टि जनाएका छन्।

शनिबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै झाले साझा कार्यक्रमको विषय हटाइएकोप्रति आपत्ति जनाएका हुन् ।

सञ्चारमाध्यम र राजनीतिक वृत्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार भन्ने गरेको भएपनि सरकारले न्यूनतम साझा कार्यक्रमबाट यसअघिका केही विषय किन नअटाएको भन्दै प्रश्न उठाए ।

‘त्यो हटाउने अवस्था किन आयो? अस्तिसम्म प्रधानमन्त्रीको सहमतिको विषय अहिले किन असहमतिको विषय भयो?’, झाले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077