Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापाको टिप्पणी - प्रधानमन्त्री प्रचण्डको फुर्सद देखेर छक्क पर्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै अलमलमा देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले पार्टीलाई बिर्सेर प्रधानमन्त्रीजस्तो बनेर काम गर्न प्रचण्डलाई सुझाव दिए ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको काम कारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिन्छ । उद्घाटनमा जान भ्याइएको छ, सम्मेलनमा जान भ्याइएको छ । प्रधानमन्त्रीले चुस्त टीम बनाउनु पर्छ । गठबन्धनसँग महिनामा एक दिन बसे हुन्छ । दल बिर्से हुन्छ ।’

महामन्त्री थापाले आफूहरू सरकारलाई भोट हाल्ने सांसद मात्र नभएको भन्दै परिणाम खोज्ने बताए ।  उनले अहिलेको राजनीतिक प्रणालीप्रति नागरिकहरू आत्तिएको अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले अलिकति पनि अलमल नगरी आत्मविश्वासका साथ समयको सदुपयोग गर्नुपर्ने बेला रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077