Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाबाट अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेका राष्ट्रियसभाबाट सन्देशहसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्ताैला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077