काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।
उनले शनिबार दिउँसो ४ बजे सिंहदरबारमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
उनले नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरूसँग छलफल गर्ने छन् ।
शीर्ष नेताहरूसँगको भेटमा संवैधानिक परिषद् र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ ।
यी दुई विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । यस्तै संसदीय समिति गठनबारे पनि छलफल हुने बताइएको छ ।