Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटमा आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय पक्राउ

रौतहट । रौतहट प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ गरेको छ ।

रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ। ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो साढे दुई बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए।

पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077