Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडियोमाथि छानबिन हुनुपर्छ : धनराज गुरुङ

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै उपसभापति गुरूङले सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणको छानविन गर्न माग गरेका हुन्।

उपसभापति गुरुङले भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न सक्दैन ।’

सांसद श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडिओमा भनिएको कोर टिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानविन हुनुपर्ने उनले बताए। उक्त छानविनका लागि आजै समिति बनाउन गुरुङले माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077