Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘प्रसाद-२’ लाई प्रदर्शनको बाटो खुल्यो

    ‘प्रसाद-२’ लाई प्रदर्शनको बाटो खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज गरेको छ ।

    गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा सोमवार भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।



    यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ।



    गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार