Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ वर्षदेखि प्रत्येक महिना फिल्मको कमाइ सार्वजनिक हुन्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नयाँ वर्षदेखि प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् ।

चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा गरेको नयाँ वर्षको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उनले फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको बताएका हुन् ।

बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण मंगलबार सार्वजनिक गरेको थियो ।

नेपाली फिल्मको इतिहासमा बोर्डले झण्डै ६० वर्षपछि पहिलोपटक बोर्डले विवरण सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077