Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सांसदलाई शेखर-गगनको ब्रिफिङ - तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने बताएका छन् ।

बिहीबार बिहान बसेको बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका हुन् ।

बैठकमा नेता कोइराला र महामन्त्री गगन थापाले समसामयिक राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसबाट हाल चार जनामात्रै मन्त्री छन् ।

गठबन्धनमा १५ चैतमै कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएपनि कोइराला समूहले कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कांग्रेसबाट यसअघि उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बनेका छन् ।

अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077