Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले ओमानसँग आज कीर्तिपुरमा अभ्यास खेल खेल्दै

काठमाडौं । नेपालले शनिबार एक दिवसीय अभ्यास खेल ओमानसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । खेल ५०–५० ओभरको हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ ।

अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन् ।

नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्ने भएको छ ।उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ । आईसीसी विश्वकप लिग-२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077