Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • श्रीमानको निधन भएको १४ वर्षपछि आमा बनिन् हेमन्तीदेवी

    श्रीमानको निधन भएको १४ वर्षपछि आमा बनिन् हेमन्तीदेवी

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 1.6K
    SHARES

    सप्तरी । श्रीमान्को निधन भएको १४ वर्षपछि एकल महिलाले बच्चा जन्माएकी छन् । सप्तरीको कंचनरूप नगरपालिका–२ बरमझिया निवासी ३१ वर्षीया हेमन्तीदेवीले शुक्रबार स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा छोरा जन्माएकी हुन् ।

    डा। दिलिप साह र डा. जयन्तिकुमारी यादवले उनको पेटको शल्यक्रिया गरेर बच्चा निकालेका छन् । श्रीमान्को मृत्यु भएको १४ वर्षपछि शुक्रबार हेमन्तीले बच्चा जन्माएपछि स्थानीय समाजमा हेमन्तीदेवीको चियो चर्चा सुरु भएको छ ।



    दुःखी पण्डितसँग ९ वैशाख २०६३ मा हेमन्तीदेवीको विवाह भएको थियो । हेमन्ती दुःखीको दोस्रो श्रीमती थिइन् । पहिलो श्रीमती सुदामाबाट विवाह गरेको २ वर्षसम्म पनि सन्तान नभएपछि सुदामाकै आग्रहमा दुःखीले हेमन्तीसँग दोस्रो विवाह गरेका थिए ।



    हेमन्तीले छोरा जन्माएको चार महिनापछि दुःखीको मृत्यु भयो । ‘२०६५ सालमा बिरामी भएर श्रीमान् दुःखीको मृत्यु भयो,’ जेठी श्रीमती सुदामाले भनिन् ।

    हेमन्ती गर्भवती भएको थाहा हुनेबित्तिकै उनीमाथि जरबजस्ती करणी भएको तथ्य खुलेको थियो । आफूलाई छिमेकी बेचन पण्डितले जबर्जस्ती करणी गरेर गर्भवती बनाएको हेमन्तीले बताएकी छन् ।

    हेमन्तीकी सौता सुदामाले पनि आफू घरमा नभएको मौकामा छिमेकी ५५ वर्षीय बेचनले हेमन्तीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको बताएकी थिइन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार