Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जग्गासम्बन्धी विवाद हुँदा रौतहटमा चल्यो गोली, एक जनाको मृत्यु

रौतहट । जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा रौतहटमा गोली चलेको छ । जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा गोली चलेको हो ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077