Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाका नेताले देश चलाउन सक्दैनन् भन्नु गलत सावित भयो : उपसभापति गुरुङ

तनहुँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताएका छन् ।

तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्याग, बलिदानी, आन्दोलनबाट प्रजातन्त्रको स्थापना, पुर्नस्थापना तथा संघीय गणतन्त्रको स्थापना भएको यसविरुद्ध षयन्त्रण भएकाले संस्थागत गर्न गठबन्धन गरी सरकार निर्माण गरिएको उनले बताए ।

‘‘अब देशमा समाजवादको यात्रामा अघि बढ्न, भ्रष्टाचारीलाई सोहोरेर फालेर सुशासन कायम गर्ने गठबन्धन गरिएको हो’’, गुरुङले भने । यस्तै उनले युवा नेताले पाका नेताले देश चलाउन सक्दैनन् भन्नु गलत सावित भएको बताए ।

गठबन्धन गरेर चुनाव तथा सरकार निर्माण गरेपछि मन्त्री बन्ने चाहना पाकाको कान्छी औंला समातेर युवाहरु पछि लागिरहेको उपसभापति गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077