Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहट गोली काण्ड : गोली चलाएको आरोपमा १६ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले झडपमा गोली चलाएको आरोपमा १६ जनालाई पक्राउ गरेको छ ।

रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाउने १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका छन् ।

शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।

स्थानीय निरन्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ । गोली लागेर घाईते निरन्जन, रामकुमार र अन्य दुई घाइतेको उपचार गरुढास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ ।

गोली चलाएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077