Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय विदेशमन्त्री जयशंकरले दिए साउदलाई बधाई, भन्छन् - सहकार्य गर्न तयार छु

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशंकरले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतका विदेशमन्त्रीले साउदलाई बधाई दिएका हुन् ।

विदेशमन्त्री एस जयशंकरले बधाई दिँदै द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

ट्वीटरमा उनले भनेका छन्, 'परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका माननीय एनपी साउदलाई बधाई। हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन सँगै काम गर्न तत्पर छु । नयाँ भूमिकाको लागि शुभकामना ।'

परराष्ट्रमन्त्री नियुक्त भएका साउदले आजै सपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077