Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेका ड्राइभरलाई घरको छतबाट खसालेको आरोपमा मुकुलका चालक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सभापति रवि लामिछानेका चालक दिलबहादुर थापालाई धकालेर घरको छतबाट खसालेको आरोपमा कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रविका चालक दिलबहादुर थापा गएराती भरतपुर महानगरपालिका ११ स्थित घरको अढाई तलाबाट खसेका थिए ।

राजवंशी र थापा गएराती संगै सुतेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077