Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छतबाट खसेका रविका चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । तीनतले घरको छतबाट खसेर गम्भिर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार गराईरहेका दिलबहादुर थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।

भरतपुरमा सघन उपचार कक्षमा उपचाररत् उनको स्वास्थ्य स्थितिलाई मध्यनजर राख्दै चिकित्सक र आफन्तको सल्लाहमा काठमाडौं ल्याईएको जनाईएको छ ।

अचेत अवस्थामा रहेको थापाको घाँटीको हड्डी भाँचिएको छ। थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077