Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेडिसिटी अस्पतालले भन्यो - रवि लामिछानेका ड्राइभरको अवस्था अझै चिन्ताजनक छ

काठमाडौं । मेडिसिटी अस्पतालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक(ड्राइभर)को स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

तीनतले घरको छतबाट खसेर गम्भिर घाइते भएका रवि लामिछानेका चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्थामा अझै सुधार आउन नसकेको हो ।

सभापति लामिछानेका निजी सवारी चालक थापा गत सोमबार भरतपुरमा रहेको लामिछानेको घरको तीन तलामाथिबाट खसेका थिए ।

चालक थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको मेडिसिटी अस्पतालले जनाएको छ । थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। मेडिसिटी अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077