Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपाल तनहुँमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ३ पूर्वप्रधानमन्त्रीसहित यतिबेला तनहुँ पुगेका छन् ।

आफ्ना उम्मेदवारलाई जिताउन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एकै दिन तनहुँ पुगेका हुन्।

यसअघि मंगलवार दमौलीमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासँगै माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गरेका थिए।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई,  हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले र एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार रहेका छन्।

आगामी वैशाख १० गते तनहुँसहित अन्य दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077