Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँबाट उपनिर्वाचन बहिष्कार गर्न प्रदर्शन गर्ने चार जना पक्राउ

तनहुँ । तनहुँमा आगामी वैशाख १० गते हुन लागिरहेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जना पक्राउ परेका छन् ।

बिहिबार दमौलीबाट नेकपा माओवादी बहुमत, नेकपा मसाल लगायतका कार्यकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका छन् ।

तनहुँ क्षेत्र नं १ बाट नेपाली निर्वाचित भएका कांग्रेसका नेता रामचन्द्र राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077