Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाको उजुरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

बाहलवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिँदै भाषण गरेका थिए ।

राज्यशक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077