Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कपनमा चक्कु प्रहारबाट महिलाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ ।

बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077