Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप लामिछाने बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् ।

अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको विश्व कीर्तिमान हात पारेका हुन् ।

रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।

यस्तै अष्ट्रेलियाका मिचेल मार्स ५२ र पाकिस्तानका सकलेन मुस्तकले ५३ खेलमा सय विकेट पुर्याएका थिए। सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।

त्रिवि क्रिकेट मैदानमै अमेरिकाविरुद्ध ६ ओभरमा १६ रन खर्चेर एक मेडनसहित सर्वाधिक ६ विकेट लिएका थिए। सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन पटक पाँच विकेट लिएका छन्।

ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्लयू धरापमा पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077