Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मानव बेचबिखन मुद्धामा जेल गएका एक कैदीको मृत्यु

    मानव बेचबिखन मुद्धामा जेल गएका एक कैदीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    सप्तरी । राजविराज कारगारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।



    यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।



    राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पु¥याइएका यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए ।

    इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार