Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपनिर्वाचनमा पृथ्वीराजमार्ग अवरुद्ध नहुने, स्थानीय सडक भने पूर्ण बन्द

काठमाडौं। यहि वैशाख १० गते आईतबार तनहुँ- १ मा हुने उपनिर्वाचनको दिन पृथ्वी राजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ।

उपनिर्वाचनका दिन तनहुँ-१ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्ण रुपमा बन्द हुनेछ।

मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिङदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो।

उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077