Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेलाई मेयर हर्क साम्पाङले दिए शुभकामना, भने - 'अल द बेस्ट'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मेयर हर्क साम्पाङले जितको शुभकामना दिएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले चितवन २ का उम्मेदवार समेत रहेका लामिछानेलाई समाजिक संञ्जाल मार्फत जितको लागि शुभकामना दिएका हुन् ।

आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा मेयर हर्क साम्पाङले समाजिक संञ्जाल फेसबुकमा लेखेका छन्, ‘अल द बेस्ट रविजी।’

४ मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चले नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो। उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077