Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनको नयाँकिरण मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा लाठी प्रहार

चितवन । चितवनको भरतपुर महानगरपालिका-११ भोजाडस्थित नयाँकिरण मतदान केन्द्रमा दुई पक्षबीच विवादा भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाछ चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रहेका रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेका थिए । दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।

मतदान स्थलमा रास्वपाका कार्यकर्ता, गठनबन्धन र एमालेका नेता कार्यकर्ताबीच विवादा भएको हो । लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077