Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिउँसो पौने १ बजेसम्म चितवन २ मा खस्यो ४० प्रतिशत मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।

१ सय ३८ केन्द्रबाट भईरहेको मतदानमा दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको हो ।

आइतबार बिहानबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ।

यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

चितवन -२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077