Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रविका समर्थकले नाराबाजी गरेपछि नयाँ किरण माविको मतदान स्थगित, सर्वदलीय बैठक बस्दै

चितवन । चितवन-२ को नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयमा मतदान रोकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि भरतपुर– ११ भोजाडस्थित नयाँकिरण केन्द्रको मतदान स्थगित भएको हो ।

रविका समर्थकहरुले मतदानस्थलभित्र नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिवाद गरेका थिए। उक्त केन्द्रमा मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने भएको छ ।

बैठकपछि मतदान सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । जटिल समस्या नभएकाले केही बेरमा नै मतदान सुरु हुने बताइएको छ ।

सो मतदान स्थलमा सुरक्षा घेरा बढाइएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077