Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदानलाई शान्तिपूर्ण तरिका सम्पन्न गर्न अरू दलका कार्यकर्ताले आग्रह गरेका छन्।

धकेलाधकेल भएर नयाँ किरण माविको मतदान स्थगित भएपछि फेसबुक लाइभमा आएका लामिछानेले यस्तो बताएका हुन् ।

फेसबुक लाइभमा लामिछानेले भने, ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं। म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन।’

चितवन २ का उम्मेदवार समेत रहेका लामिछाने भरतपुर-११ को नयाँ किरण माविमा मतदान केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।

लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए। उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077