Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेद्धारा मौन अवधि उल्लंघन, फेरि आए फेसबुक लाइभमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपका सभापति रवि लामिछानेले मौन अवधिमा पनि मतदान गर्न आग्रह गरेका छन् ।

चितवन २ का उम्मेदवार समेत रहेका लामिछानेले फेसबुक लाइभमा आएर मतदातालाई मतदान गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले मतदान नसकिएसम्मका लागि ४८ घण्टा अगाडीदेखि मौन अवधिको समय लागू गर्छ। आइतवारको उप निर्वाचनमा पनि वैशाख ७ गते राति १२ वजेदेखि मौन अवधि सुरु भएको थियो।

तर, मौन अवधिमा पनि फेसबुक लाइभमा आएर लामिछानेले भने, 'मतदान गरौं..' भन्दै  मतदान गर्न अपिल गरेका छन् ।

फेसबुक लाइभमा लामिछानेले भने, 'मत हाल्न सबै जानुहोला। यहाँका मतदातालाई केहि भए सबैले जिम्मा लिनुपर्छ। तपाईँका कारणले घाइते भएका मतदाताले तपाईँप्रति कहिले सदभाव राख्ने छैनन्।'

मौन अवधिमा शान्तपूर्वक मतदान मात्रै गर्न पाइने भए पनि लामिछानेले आचारसंहिताको उल्लंघन गरेका हुन् ।

लामिछाने आज बिहानमात्रै पनि फेसबुक लाइभमा आएका थिए। उक्त लाइभमा पनि लामिछानेले आचारसंहिताको उल्लंघन गरेर मत मागेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077