Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र सो पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा पुगेर उजुरी दिएका हुन् ।

नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले आयोगमा उजुरी दिँदै निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम रवि र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्न माग गरेका छन्।

लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको दाबी उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077