Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ का सबै मतपेटिका गणनास्थल पुर्‍याइयो

चितवन । चितवन-२ का सबै मतपेटिका मतगणनास्थलमा पुर्‍याइएको छ ।

मतगणनास्थल भरतपुरस्थित दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ल्याइएको हो ।

राति ९ बजेभित्र चितवन-२ का सबै ४३ मतदानस्थलका १३८ मतदान केन्द्रका मतपेटिकाहरू भरतपुर गणना स्थलमा ल्याउने काम सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपेटिका सबै आइपुगेको हुँदा छिट्टै सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने बारेमा निर्णय हुने छ ।

कुल १ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा आइतबार भएको मतदानमा ७८ हजार २७७ मत खसेको प्रारम्भिक विवरण आएको आचार्यले बताए । मंसिर ४ को निर्वाचनमा ८४ हजारभन्दा बढी मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077