Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो।

आईतबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको थियो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077