Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा तीन वडाको गणना सकिदा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार लामिछानेले एक हजार ४९१ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार रामप्रसाद न्यौपानाले एक हजार १३३ मत सहित लामिछानेलाई पछ्याईरहेका छन् ।

त्यस्तै, काँग्रेसका जीतनारायण श्रेष्ठले ७९५ मत प्राप्त गरेका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ भने वडा नम्बर ४ र ५ को गणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077