Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । जिल्ला अदालत काठमाडौंको न्यायाधीश दीपक ढकालको इजलासमा रहेको नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको सोमबार पनि अन्तिम सुनुवाइ सकिएन।

सोमबार सरकारी वकिलको तर्फबाट एक र जाहेरवालाको तर्फबाट चार जनाको बहसपछि इजलासबाटै सुनुवाइ स्थगित भएको हो ।

न्यायाधीश दिपक ढकालले उक्त मुद्दामा उक्त लामो बहसपछि पुन अर्कोदिन सुनुवाई तोकिने बताएका छन् ।

अर्को पेसीमा पुनः जाहेरवालाकै तर्फबाट बहस सुरु हुनेछ ।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077