Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 390
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन् ।

    राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डलेले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए।



    भेटमा अध्यक्ष डा.पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    प्रधानमन्त्रीले विज्ञान–प्रविधिको विकास बिना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार