Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन २ बाट निर्वाचित रविले भने - थपिएको जिम्मेवारीमा हामी खरो उत्रिन्छौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कमीकमजोरी सुधार्दै अघि बढ्ने अवसर मिलेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा फेरि निर्वाचित भएपछि सभापति लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले आफूमा देखिएका कमजोरीलाई सुधार्दै अगाडि बढ्ने अवसर मिलेको बताए ।

सभापति लामिछानेले भने, 'आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएको मत भनेको थपिएको जिम्मेवारी हो । थपिएको जिम्मेवारीमा हामी खरो उत्रिने छौं ।'

लामिछानेले राजनीतिक यात्राका क्रममा अनुभवको कमीले गर्दा आफूबाट कमीकमजोरी हुन गएको बताए ।

उनले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077