Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका रवि लामिछानेले बुझे निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पार्टीका सभापति रवि लामिछानेले निर्वाचित भएको प्रणामपत्र पाएका छन् ।

लामिछानेलाई आज निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।

लामिछानेले चितवन २ मा ५४ हजार १७६ मतसहित भारी मतान्तरले विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे ।

दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने भने १० हजार ९३६ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077