Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामाजिक सञ्जालमा कांग्रेसमाथि थेग्नै नसक्ने गरी आक्रमण भयो : सभापति देउवा

    सामाजिक सञ्जालमा कांग्रेसमाथि थेग्नै नसक्ने गरी आक्रमण भयो : सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भइरहेको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भएको बताए ।



    थेग्नै नसक्ने गरी नेपाली कांग्रेसमाथि आक्रमण भएको सभापति देउवाले बताए । दुई दिन सांसदको राय लिनका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाइएको थियो ।

    सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको सभापति देउवाले टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार