Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

उपसभापति गुरुङको प्रश्न– हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले बाँदरले किसानहरुको बाली नोक्सान गराएकोप्रति संसद्को ध्यानाकार्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा पनि राहत मिल्ने भन्दै बाँदर निर्यातको प्रस्तावसमेत राखे ।

श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले नेपालबाट पनि निर्यात गर्न सुझाव दिए ।

उनले भने ‘बाँदर हामीले पनि निर्यात गरे कसो होला ? अहिलेको अर्थिक अवस्थालाई हेरेर हामीले बाँदर निर्यात गर्न ठीकै हुन्छ होला जस्तो मलाई लागेको छ ।'

अहिले देश निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै अर्थतन्त्रमा देखिएको संकटबाट मुलुकलाई जोगाउने उपाय खोज्नुपर्ने बताए । जसको लागि कोही सत्तापक्ष र प्रतिपक्ष हुन नहुने गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077